धनगढी। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल –अफिन_ सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन् । विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन्। यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी, चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल र जेपी चन्द चयन भएका भएका छन्।
यसअघि एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल –अफिन_सुदुरपश्चिम प्रदेशको अध्यक्ष जनक राज जोशी रहेका थिए ।