खुशी हुँदै जितबहादुरले निसर्गलाई भने : धन्यवाद !

धनगढी । नवलपरासीका जितबहादुर चौधरीको  स्कुले जीवनदेखि नै टाउकोमा पलाएको मासुको डल्लोको धनगढीस्थित निसर्ग हस्पिटलमा सफल उपचार भएको छ।

नवलपरासीको खैरेलीका २६ वर्षीय जितबहादुरको टाउकोमा सानैमा मासुको डल्लो देखिएको थियो । कक्षा ३ मा पढ्दैगर्दा साथीहरुले ‘तेरो टाउकोमा मासुको डल्लो छ’ भनेर जिस्क्याएपछि उनले यसबारे थाहा पाएका थिए।

परिवारका सदस्यले साथीभाइसँग खेल्ने क्रममा भएको हुनसक्ने अनुमान गरेर खासै वास्ता नगरेको उनले सुनाए। ‘उमेरसँगै मेरो टाउकोमा मासुको डल्लो पनि बढ्दै गयो’, उनले भने, ‘त्यसपछि म उपचारका लागि चितवन, काठमाडौं र भारतसम्म पनि पुगेँ।’ त्यसक्रममा कसैले उनलाई यो उपचार हामीकहाँ गर्न जटिल छ भने त कसैले उपचार गर्न खर्च बढी लाग्छ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेका जितबहादुर आफ्नो समस्या लिएर कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटलमा आएपछि उनको उपचार सम्भव भएको हो।

अन्यत्र भनिएको भन्दा निकै सस्तोमा आफ्नो उपचार सम्भव भएपछि जितबहादुरले उपचारमा संलग्न चिकित्सकको टिम र अस्पताललाई धन्यबाद दिएका छन। चौधरीको उपचार न्युरो सर्जन डा सुरेश सापकोटा, मुख, अनुहार तथा बंगारा विशेषज्ञ डा दीपक ठकुराठी, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा सुमन थापालगाएको टिमले गरेका थिए।

जित बहादुरको टाउकोमा भएको त्यो मासुको डल्लो सामान्य नभएको चिकित्सकहरुको भनाइ छ। त्यसमा रगतका नसाहरु गुजुल्टिएर बसेकाले सल्यक्रियामा निकै संवेदनशील भएको चिकित्सकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *