जब निसर्गले बचायो मुटुको धडकन कम भइसकेका बिरामी….

सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ब्लडप्रेसर अति कम र मुटुको धडकन निकै कम भइसकेका बिरामीको शल्यक्रिया सफल भएको छ।

कञ्चनपुरको दोधाराचाँदनीका मानसिंह बिष्टलाई असार ६ गते निसर्ग हस्पिटल पुर्याइएको थियो। निकै कमजोर स्वास्थ्य अवस्थामा पुगिसकेका बिष्टको डा मेराज आलम अन्सारीसहितको चिकित्सकको टिमले शल्यक्रिया गरेर पुनर्जीवन दिएको हो।

अन्तिम अवस्थामा पुगिसकेका श्रीमानलाई बचाइदिएकोमा बिष्टकी श्रीमती अनिताले खुसी मात्रै व्यक्त गरिनन्, दोस्रो जुनी दिएकोमा अस्पताल परिवार र डाक्टरालाई भगवानको दर्जा दिइन्। उनले भनिन्, ‘महेन्द्रनगरमा सक्दैनौ भनेको थियो, यता पुग्दा उहाँको अवस्था निकै नाजुक थियो। तर डक्टरहरुले उपचार सफल गर्नुभयो, चमत्कारजस्तै भयो। अस्पताललाई धन्यबाद दिन चाहन्छु।’

बिष्ट स्कुटर दुर्घटनामा परेर बाहिरि चोट नदेखिएपछि घरमै बसिरहेका थिए। पछि निकै धेरै समस्या देखिएपछि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएका उनलाई निसर्ग हस्पिटलमा ल्याइएको परिवारले बताएको छ।

बिष्टको चेकजाँच गर्दा ब्लड प्रेसर निकै कम भएको र मेसिनमै नदेखिएको डा अन्सारीले बताए। उनले भने, ‘ति घाइतेको फियो फुटेर रगत शरिरभरी फैलिसकेको थियो, शरिर नै सेतो भइसकेको पायौँ, उहाँलाई हामीले अति शिरियस अवस्थामा भर्ना लिएका थियौँ।’

शरिर सेतो, मुटुको धड्कन निकै बढेको, र अन्य जाँच गर्दा अवस्था निकै जटिल अवस्थामा पाएको डा अन्सारीले अनुभव सुनाए।

‘तुरुन्तै अप्रेसन गर्नुपर्ने अवस्था देखेपछि हामीले प्रक्रिया थाल्यौँ, मुटुको चाल रोकिएको र रगतको मात्रा २० प्रतिशत मात्रै पुगेपछि सीपीआर गरेपछि मात्रै मुटुको धड्कन चल्यो,’ अन्सारीका अनुसार बेहोसी सम्बन्धि भूमिका डा हेमन्त ओझा र सुनिल भट्टले निभाएको बताए । उनले फियो फुटेर जमेको ४ लिटर रगत अप्रेसनका क्रममा निकाले सुनाए। ‘फियो निकाल्यौँ र फुटेका नसाहरुलाई बाँध्यौँ’, डा अन्सारीले अनुभव सुनाए।

बिरामीको शरिरमा रगत नरहेपछि म्यासिभ ट्रान्सफिसन गरेर बिरामीलाई १९ पोका रगत चढाइएको उनको भनाइ छ। अप्रेसनपछि बिरामीलाई २ दिन भेन्टिलेटरमा र ७ दिन आइसीयूमा राखिएको थियो। पछि नर्मल वार्ड हुँदै उनलाई डिस्चार्ज गरिएको छ।

डा अन्सारीले भने, ‘मलाइ त लाग्छ उहाँले दोश्रो जुनी पाउनुभएको हो, ११ वर्षको अनुभवमा यस्तो अवस्थाको बिरामीलाई बचाउन सकेको यो मेरो पहिलो केश हो, निकै खुशी लागेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *