धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रालि धनगढीमा सुदूरपश्चिम प्रदेशमै कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । कलेजोसम्बन्धी नेपालमै डीएम गरेका चार डाक्टरमध्येका एक डा. अर्बिन्द पोखरेल हुन् । त्यस्तै सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ डा. पुष्पराज अवस्थी सुदूरपश्चिमकै पहिलो डाक्टर र नेपालकै दुईजना डाक्टर मध्येका एक हुन् । डाक्टर पोखरेल र अवस्थीले धनगढीको निसर्ग हस्पिलमार्फत यी विशेषज्ञ सेवा दिन लागेको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
हेपाटोलोजी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएसँगै अब यस क्षेत्रका सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने अस्पतालले जनाएको छ। कलेजोको समस्याबाट पीडित बिरामीले हाल काठमाडौंलगाएत भारत धाउनुपर्ने बाध्यता छ । अब सो समस्या अन्त्य हुने अस्पतालको विश्वास छ । सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा प्रारम्भ भएपछि यस प्रदेशमा सिकिस्त हुने बालबालिकामध्ये धेरैको ज्यान जोगिने डाक्टर अवस्थी बताउँछन्।
विशेष गरी लिभर फेल भएका बिरामीहरु, लिभर ट्रान्सपलान्ट गर्नुपर्ने बिरामी, हेपाटाइटिस संक्रमण भएर सामाजिक रुपमा पनि पीडित बिरामी र रक्सीले कलेजोमा असर गरेका बिरामी तथा जन्डिसबाट पीडित बिरामीका लागि यो सेवा धनगढीमै पाउनु उपलब्धिूुलक भएको हस्पितलका अध्यक्ष पन्त बताउँछन्।
उहाँहरुजस्तो विशेषज्ञता हासिल गरेका व्यक्ति यस क्षेत्रले पाउनु भनेको निकै खुसीको कुरा हो । चिकित्सा क्षेत्रबाट यो ठाउँलाई पनि छुट्टै चिनारी दिन सकिन्छ, हस्पिटलका मेडिकल डाईरेक्टर डा. मेराज आलम अन्सारी भन्छन् ।