निसर्ग हस्पिटलमा सुदूरपश्चिममै पहिलो पटक फियोको गम्भिर चोटको उपचार सम्पन्न

महेन्द्रनगर १३ पिपरैयाका १८ बर्षीय आकाश विक चैत ११ गते घर नजिकैको मैदानमा स्कुटर सिकिरहेका थिए।

चल्दै गरेको स्कुटरबाट एक्कासी लडेका आकाशको छातिमा स्कुटरको ह्यान्डर जोरले धसियो। पीडाले छटपटाउदै उनी जेनतेन घरसम्म पुगे।

घर पुगेको केही छिनमै उनी उठ्नै नसक्ने भए। उनलाई परिवारका सदस्यले नजिकैको हस्पिटलममा पु¥याए। अस्पतालका डाक्टरले ‘भित्रिचोट लागेको हुनसक्छ, हामीसँग परीक्षणका लागि आवश्यक उपकरण छैन’ भनेपछि आकाशलाई धनगढी ल्याइयो।

धनगढी ल्याइएका उनलाई निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा तुरुन्तै शल्यक्रिया गरेर उपचार गरियो।

‘जन्मेदेखि आजको दीनसम्म छोरालाई सामान्य औषधि उपचार गर्नु नपरेको तर एक्कासी बेहोस अवस्यामा छोरालाई देख्दा आमा पार्वती विक अचेत भइन्।

‘काँ लग्ने, कसरी लग्ने भन्ने चिन्ता एकातिर थियो’, उनले भनिन्,‘अर्कोतिर छोरा बाच्दैन कि भन्ने चिन्ता थियो। तर मेरो छोरालाई निसर्ग हस्पिटलले दोस्रो जम्म दिएको छ। मेरा लागी डाक्टर भगवान हुन।’

चल्दै गरेको स्कुटरबाट एक्कासी खसेका आकाशको छातिमा स्कुटरको ह्यान्डर जोरले लाग्दा उनलाई ब्लड ट्रमा एब्डोमेन विथ स्पिलिनिक रप्चर ग्रेड-भी भएको डाक्टरहरुले बताएका छन्।

‘यस्तो अवस्थामा बिरामीलाई बचाउन ईमरजेन्सी पेट चिरेर फियो निकाल्नुपर्ने र बगिरहेको रगतलाई नियन्त्रण गर्नुपर्ने हुन्छ’, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मेराज आलम अन्सारीले भने,‘३ लिटर जति रगत बगिसकेको अवस्थामा हाम्रो टिमले निकै मेहेनतका साथ बगिरहेको रगतलई पेटबाट बाहिर निकालेर उपचार गर्न सफल भयौँ।’

आकाशका दाइ भरत ताम्राकारले भने,‘मेरो भाइले पुर्नजन्म पाएको छ, हामी निसर्ग परिवार र डाक्टरलाई धन्यवाद दिन्छौँ।’

जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर अन्सारी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, डाक्टर गोविन्द तिवारी, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढालगाएतको टिमले उपचार सम्भव बनाएको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *