निसर्ग हस्पिटलले गर्‍याे सपनाको नि:शुल्क उपचार

धनगढी १९ मंसिर/निसर्ग हस्पिटल धनगढीले धनगढी उपमहानगरपालिका १२ जुगेडाकी फुटवल खेलाडी सपना थापाको निशुल्क उपचार गरिदिएको छ । थापा जुगेडामै रहेको मनकामना फुटबल ब्लवकी खेलाडी हुन । फुटबल खेल्ने क्रममा लडेर थापाको दाहीने हात भाचिएको कैलाली जिल्ला फुटबल संघका कोषाअक्ष्य समेत रहेका मनकामना फुटबल क्लवका अध्यक्ष डबल थापाले बताए ।

खेलाडि थापाको दाहीने हातको नाडी माथीको हड्डी (Shaft of Radius Fracture) भाचिएको थियो । थापाको हातमा प्लेट र स्क्र (open Reduction and Plating) राखीएको उपचारमा संलग्न हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर श्रीराम खातीले बताए ।

हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *