धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुदूरपश्चिममै पहिलोपटक अस्पतालस्तरमा कपाल प्रत्यारोपण सेवा सुरू गरेको छ। शनिबारदेखि सुरु भएको कपाल प्रत्यारोपण सेवा अबदेखि नियमित हुने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए।
निर्भाना स्किन क्लिनिक एण्ड हेयर ट्रान्सप्लानट सेन्टर काठमाडौंबाट आएका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. विपिन भट्टचन र निसर्ग हस्पिटलका छाला रोग विशेषज्ञ डा. सुमित पाण्डेलगाएतको टिमले शनिबार एकजनाको कपाल प्रत्यारोपण गरेर सो सेवा आरम्भ गरेको हो।
यसअघि छाला रोगको विशेष सेवा प्रदान गर्दै आएको अस्पतालले आफ्नो सेवा विस्तार गर्दै विकसित मुलुकमा सुुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा सुरु गरेको अध्यक्ष पन्तले बताए । यसअघि कपाल प्रत्यारोपण गर्न इच्छुकहरुले काठमाडौंलगायतका अन्य क्षेत्रमा जानुपर्ने वाध्यता अब टरेको पनि हस्पिटलले जनाएको छ।
आफ्नै कपाललाई निकालेर नभएको ठाउँमा रोप्ने प्रक्रियालाई कपाल प्रत्यारोपण भनिन्छ। यसका लागि टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्रील र छातीको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्न सकिने डा.पाण्डे बताउँछन्। यस प्रक्रियालाई विश्वसनीय मानिने चिकित्सकले बताएका छन्