सिभिल बैंकलाई निसर्ग हस्पिटलमा स्वास्थ्य सेवामा छुट

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सिभिल बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा विशेस छुट दिने भएको छ ।
सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा सिभिल बैंकका प्रदेश प्रमुख दीपक जोशी र शाखा अधिकृत संजोक भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *