Author: admin

सुदूरपश्चिममा पहिलोपटक अनुहारको सफल शल्यक्रिया

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अनुहारको सफल शल्यक्रिया गरिएको छ । धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले प्रदेशमै पहिलो सफलता हात पारेको हो । घाँस–दाउरा गर्ने क्रममा लडेर अनुहारमा चोट बोकेकी मार्मा गाउँपालिका–१ दार्चुलानिवासी ६१ वर्षीया गोवडी महर उपचारका लागि निसर्ग अस्पताल आइपुगेकी थिइन् । उनको उपचारमा शल्यक्रिया अपरिहार्य देखिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरूको टोलीले प्रदेशमै यसअघि नगरिएको […]

टाउकोलाई गर्धनमा अड्याउने मेरुदण्डको हड्डी भाँचिएकी महिला उपचारपछि घर फर्किइन्

डोटीको आदर्श गाउँपालिका ७ की हरिना विष्ट घाँस काट्न जाँदा अचानक भीरबाट लडिन् । चैत्र १४ गते बिहान घर नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेपछि उनको टाउकोमा गम्भीर चोट मात्रै लागेन टाउको र गर्दनलाई जोडाउने मेरुदण्डको हड्डी समेत भाँचियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा ल्याइएको […]

निसर्ग हस्पिटलमा सुदूरपश्चिममै पहिलो पटक फियोको गम्भिर चोटको उपचार सम्पन्न

महेन्द्रनगर १३ पिपरैयाका १८ बर्षीय आकाश विक चैत ११ गते घर नजिकैको मैदानमा स्कुटर सिकिरहेका थिए। चल्दै गरेको स्कुटरबाट एक्कासी लडेका आकाशको छातिमा स्कुटरको ह्यान्डर जोरले धसियो। पीडाले छटपटाउदै उनी जेनतेन घरसम्म पुगे। घर पुगेको केही छिनमै उनी उठ्नै नसक्ने भए। उनलाई परिवारका सदस्यले नजिकैको हस्पिटलममा पु¥याए। अस्पतालका डाक्टरले ‘भित्रिचोट लागेको हुनसक्छ, हामीसँग परीक्षणका लागि […]

फागुन महिना भरी नै निसर्ग हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

धनगढीमा रहेको सुविधा सम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले फागुन महिना भरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फागुन १ देखि पुरै महिना संचालन हुने शिविरमा नेपालगञ्ज मेडिकल कलेजमा काम गरिसकेका छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सुमित पाण्डे, चितवन मेडिकल कलेज, चितवन र अल्का हस्पिटल, काठमाडौंका पूर्व कार्यरत नाक, कान, घाँटीरोग […]

जटिल शल्यक्रियामा जमेका डाक्टर दम्पति

जटिल शल्यक्रियामा जमेका डाक्टर दम्पति शल्यक्रियाः ०१ डोटीको साजघाटकी ४३ वर्षीया उत्तरा बोगटीको पाठेघरको धनगढीमै जटील शल्यक्रिया भयो । पाठेघरमा आन्द्रा, अण्डाशय र पिसावथैली टाँसिएर समस्यामा रहेकी उनको धनगढी स्थित निसर्ग अस्पतालमा शल्यक्रिया भयो । धनगढीमै अप्रेसन भएपछि टाढा जानुपर्ने आवश्यकता नभएको र अत्यत्र जाने आउने पैसाको बचत भएको बोगटीले बताइन् । यो जटिल शल्यक्रियामा […]